Like us!
Follow us!
Connect us!
Watch us!

भिसा दिनु नदिनु अमेरिकाको आफ्नो कुरा - सञ्चारमन्त्री रेखा शर्मा

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, १७ : ५१ मा प्रकाशित

भिसा दिनु नदिनु अमेरिकाको आफ्नो कुरा - सञ्चारमन्त्री रेखा शर्मा

सञ्चामन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेको सन्दर्भमा भिसा दिनु नदिनु अमेरिकाको आफ्नो कुरा भएको बताएकी छन् ।

सरकारले सक्दो पहलकदमी गरेको उल्लेख गदै शर्माले अमेरिकाले भिसा किन दिएन, के गरेर दिएन भन्ने बारे आफूले उत्तर दिनसक्ने विषय नभएको बताइन् । अझै पनि सरकारले पहलकदमी गरिरहेको बताउँदै त्यसबारे भविष्यमै थाहा हुने पनि उनले बताइन् ।

दोस्रोपटक अन्तर्वार्ताको अवसर दिएर पनि बिहीबार अमेरिकाले क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । विश्वकप टिट्वान्टी क्रिकेट जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको