Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको आईपीओ : दोस्रो पटक स्थानीयलाई आवेदन दिने म्याद थप

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, ०७ : १६ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको आईपीओ : दोस्रो पटक स्थानीयलाई आवेदन दिने म्याद थप

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई खुला गरेको आईपीओमा दोस्रो पटक आवेदन दिने म्याद पुनः थप गरेको छ। अब स्थानीयले  भदौ १७ गतेसम्म आईपीओमा आवेदन दिन पाउनेछन। 

कम्पनीले यस अघि आवेदन दिने म्याद थप गरी भदौ १ गते निष्काशन बन्द गर्ने सूचना जारी गरेको थियो । तर, उक्त समयमा आयोजना प्रभावित क्षेत्रहरुमा अविरल वर्षाका कारण बाढी पहिरो, भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता कारण  यातायात सञ्चालन अवरुद्ध भई तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति सृजना भएकाले  आवेदन दिने मिति थप गरिएको कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको  १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन भएको हो। जसमध्य  ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं.५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट प्रथम चरणमा गर्ने कम्पनीले जनाएको छ। 

यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्ये १०% अर्थात १ लाख ५० हजार कित्ता सेयरमा भने  नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुलाई बिक्री भैसककेको छ। 

कति दिने आवेदन?

न्यूनतम -१० कित्ता
अधिकतम - १० हजार कित्ता 

कहिले सम्म दिने आवेदन ?
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द अब भदौ १७  गते हुनेछ। 

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  रखास्त फारम बापत २ रुपैयाँ शुल्क लाग्नेछ। 

को हो बिक्री प्रबन्धक?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

  १४.३ मेगावाटको थ्लिलो मैलुङ खोल जलविद्युत आयोजना रहेको छ। यस योजनाको  कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको