Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड, १ लाख २८ हजार २० जना बने १० कित्ते सेयरधनी

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १० : ११ मा प्रकाशित

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड, १ लाख २८ हजार  २० जना बने १० कित्ते सेयरधनी

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज शुक्रबार बिहान आईपीओ बाँडफाँड भएको हो। 

असोज १८ गते देखि असोज २२ गतेसम्मका लागि खुलाइएको उक्त आइपिओमा माग भन्दा करिब ११ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर प्राथमिक निष्कासन खुलाएकोमा एक करोड ३८ लाख ८० हजार पाँच सय ९० कित्ताका लागि आवेदन परेको थियो । 

 यी मध्य ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र क्यापिटल प्रमाणीकरण छ। जस अनुसार  ४६५४ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ। ११ लाख ८५ हजार ६ सय ४२ जना मध्य पनि गोलाप्रथाबाट  १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले सेयर बाँडफाँड भएको छ । अरु आवेदक भने हात खाली हुन् पुगेका छन्। 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।   नतिजा लाई बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/,
सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ । 

कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस योजनाको  कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको