Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोला जलविद्युतको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ०७ : २३ मा प्रकाशित

माथिल्लो मैलुङ खोला जलविद्युतको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्काशन खुला भएको छ । कम्पनीले यस अघि जारी गरेको एक सूचना अनुसार नै  जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज साउन ४ गतेदेखि आईपीओ निष्काशन खुला गरेको हो। 

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको  १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन भएको हो। जसमध्य  ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं.५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट प्रथम चरणमा गर्ने कम्पनीले जनाएको छ। 

यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता सेयरमध्ये १०% अर्थात १ लाख ५० हजार कित्ता सेयरमा भने  नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । 

कति दिने आवेदन?

न्यूनतम -१० कित्ता
अधिकतम - १० हजार कित्ता 

कहिले सम्म दिने आवेदन ?
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  रखास्त फारम बापत २ रुपैयाँ शुल्कलाग्नेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को प्रयोग बाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

  १४.३ मेगावाटको थ्लिलो मैलुङ खोल जलविद्युत आयोजना रहेको छ। यस योजनाको  कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको