Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको प्रस्तावलाई बैंकरले "ओके" गरेपछि, लगानीकर्ताले पनि दिए हरियो झण्डा

अर्थ संसार

मंगलबार, ०५ भदौ २०८०, १५ : ३४ मा प्रकाशित

अर्थमन्त्रीको प्रस्तावलाई बैंकरले "ओके" गरेपछि, लगानीकर्ताले पनि दिए हरियो झण्डा

नेप्से मंगलबार बढेर बन्द भएको छ। सोमबार दुई हजार भन्दा तल गएको नेप्से आज फर्किदै फेरि दुई हजार माथि कै विन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा बन्द भयो। 

सरकारले स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णयमा अर्थमन्त्रीले ब्याजदर घटाउन पर्ने सर्त मानेको कुरालाई बजारले सकारात्मक रुपमा लियो। 

मंगलबार मात्रै १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम भोल्युममा सेयर बजार बढ्नुलाई लगानीकर्ताहरुले सेयर बेच्न नचाहेको बुझ सकिन्छ।  

स्थानीय तहको रकमको ६० प्रतिशत निक्षेप गणना गर्न पाइने भएपछि बैंकहरुको सीडी रेसियो घट्ने र केहि हदसम्म बजारमा देखिएको तरलतालाई सम्बोधन गर्ने आकलन  गरिएको छ। किनभने यसले बैंकलाई कर्जा प्रवाह गर्न पनि थप सजिलो बनाउनेछ। 

हेर्नुहोस आजका कारोबारका केहि हाईलाइट  

64e485c92669f.jpg 64e485cc7c399.jpg 64e485cf218e0.jpg 64e485d193ac8.jpg 64e485d3eb1ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको