Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्याे, ८ जनाकाे निधन

अर्थ संसार

बुधबार, ०६ भदौ २०८०, १२ : ४१ मा प्रकाशित

काठमाडौबाट पाेखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्याे, ८ जनाकाे निधन

धादिङको गजुरी गाउँपालिका-१, छहराबाट बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । काठमाडौबाट पाेखरा जाँदै गरेको यात्रुबाहक बस खस्दा ८ जनाको निधन भएको छ । 

बस दुर्घटनामा पर्दा २ महिला र ६  पुरुषकाे निधन भएकाे छ ।  उक्त बसबाट १६ जनाको उद्धार गरिएकाे थियाे । घाइते यात्रुहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।  

बसको नम्बर प्रदेश ३–०१–००५ ख ९९५२ बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको हो । उद्धार कार्य जारी रहेको छ। 

64e5ae3246162.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको