Like us!
Follow us!
Connect us!
Watch us!

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपा तनावग्रस्त

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, ११ : १७ मा प्रकाशित

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपा तनावग्रस्त

अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको बनेपामा बुधबार बिहान टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि सो क्षेत्र दिनभर तनावग्रस्त बनेको छ। बनेपाको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालकको ज्यान गएको हो भने अर्का एक जना घाइते भएका छन्।

दुर्घटनालगत्तै आक्रोशित बनेका स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरू प्रहरीमाथि नै जाइलागेका थिए। आक्रोशित भीडको प्रदर्शन र आगजनीका कारण अरनिको राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको