Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १२ : ०४ मा प्रकाशित

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बाहक बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा  खसेको हो ।

बसमा सवार ६ यात्रुको मृत्यु भएको छ । उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । क्षतिको विवरण यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । केहीलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीको भनाइ छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको