Like us!
Follow us!
Connect us!
Watch us!

सुनसरीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १५ जना घाइते

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १० : ३५ मा प्रकाशित

सुनसरीमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएको हो।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिहरुको पहिचान खुल्न बाँकी छ। घाइतेहरूलाई इनरुवा, विराटनगरस्थित न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रहरीले बस चालक झापा, अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको