लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।
कम्पनीले बीमा समितिबाट भदाै ३ गते स्वीकृत भए अनुसार आर्थिक वर्ष २०७८/७९ काे आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न प्रकारका बीमा योजनाहरूकाे बोनस दर सार्वजनिक गरेको हाे ।
कम्पनीले विभिन्न प्रकारका बीमा योजनाहरूमा प्रति हजार न्यूनतम ४१ रूपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस