Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारका लगानीकर्ताको पिडा बुझेका पूर्व अर्थमन्त्री (भिडियो)

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, ०९ : ०९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले १२ करोडको सेयर धितो कर्जाको सिमा खारेज हुन पर्ने बताएका छन्। आइतबार एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले गरेको कार्यक्रम उनले बैंकरहरुले राष्ट्रबैंकले सेयर धितो कर्तामा क्याप लगाउनुका भन्दा बरु कति प्रतिशत सेयर धितो कर्जावापत ऋण दिने त्यो तोक्ने र यो १२ करोडको क्याप हटाउन पर्ने सल्लाह पाएको तर्क प्रस्तुत गरे। 

राष्ट्र बैंक खुद्रा व्यवस्थापनमा जानु नहुने उनको तर्क थियो। साथै सेयरबजारमा सेयरको भाउ घट्दा पनि बैंकले मार्जिन कल गर्ने कारण पनि बैंकलाई संकट नपर्नेमा उनको जोड थियो। अहिलेको राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुबेको र यो राष्ट्रको नोक्सानी हो भने पाण्डेले पत्रकार सम्मेलनमा बताए। 

सेयरबजार घटनाले सरकारको आम्दानी पनि घटेको र अब १२ को क्याप हटाउन पर्नेमा पाण्डेको जोड थियो। उनले चालु पुँजी कर्जा मार्गदर्शन व्यापारमैत्री भएको र यसलाई संशोधन गरेर उत्पादनमुलक उद्योगमैत्री बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले मिन बहादुरलगायतका उद्योगी व्यवसायीलाई तारो बनाउँदा उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् ।  उनले उद्योग क्षेत्र विस्तार गर्न विद्युत नभई नहुने तत्व भएपनि अहिले लोड्सेडिङ्ग र उच्च मूल्यको मारका कारण निजी क्षेत्र नै धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको