Like us!
Follow us!
Connect us!
Watch us!

घरजग्गा र सेयरबजारलाई खुला छोड्न सके यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढाउनेछ :सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०८ : ५३ मा प्रकाशित

घरजग्गा र सेयरबजारलाई खुला छोड्न सके यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढाउनेछ :सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटीले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको बताए । 

यस्तै अवस्था असार मसान्तसम्म नगद घाटा पनि हुनसक्ने उनको आँकलन छ । ‘ यसो हुँदा अब कर्जा तिर्न नै कर्जा लिनुपर्ने अवस्था नआउला भन्न सकिन्न,’ उनले भने । 

कतिको बजेट ल्याउनुपर्छ, कति खर्च तोक्नुपर्छ, कतिको अनुमान गर्नुपर्छ भनेर कसैले नहेरेरै बजेट ल्याउने गरेको उनको भनाई छ । उनले देश समस्यामै रहेको र  देशको अर्थतन्त्रमा मन्दी नै छाएकै बताउँदै पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने नहुने बताए । 

गाउँगाउँमा फाइभ स्टार विद्यालय त बनायौं तर विद्यार्थी छैनन् । यस्ता कुरालाई बेलैमा ध्यान दिन नसकिए देश खाल्डोमा जाने निश्चित रहेको उनले बताए । सबै अर्थमन्त्रीले अर्काेपटकको बजेट आफुले ल्याउन पाउने, नपाउने कुरालाई वास्तै नगरी बजेट ल्याउनाले एकैपटकको बजेटमा सबैजसो कुराहरु थपिनेगरेको उनले बताए । 

संकटग्रस्त सहकारीको कति रकम समस्यामा छ र कति तिर्नुपर्छ भन्ने कुरा पनि हालसम्म यकिन नभईकनै बजेटमा रकम छुट्याईएको उनले बताए । 
नेपालमा वृद्धहरुलाई मात्रै राख्नेगरी कर्मचारीको अवकास अवधि घटाउनु मनासिव नहुने उनले बताए ।

अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको पनि उनले बताए । ५८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता भनेर मात्रै वितरण गरिएको उनको आरोप छ ।  निर्माण व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था पनि यहि भएर आएको उनले बताए । 

‘हामी सीमामा रहेर खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित छ,’ उनले भने, ‘पुँजीगत मात्रै नभएर चालु खर्च पनि उचित र सहि कुरामा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ अप्ठ्यारोमा पर्दै गएको छ ।’

रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरियो भने मात्रै केहि उपलब्ध हुने नत्र उहि पुरानै रोग दोहोरिने निश्चित रहेको उनले बताएका छन् । विद्युतीय सवारीसाधनमा पनि कर बढाउने र इन्धनमा पनि कर बढाउनुभन्दा सडक प्रयोग गरेवापतको कर लिन सकियो भने मनासिव हुने उनले बताए । 

उनले घरजग्गा, सेयरबजार अनुत्पादक हो भन्दाभन्दै पनि अहिलेको अर्थतन्त्रमा कन्फीडेन्स ल्याउनका लागि यी क्षेत्रलाई खुला छोड्न सके यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढ्ने र अर्काे बर्ष अर्थतन्त्रको वृद्धिमा थप सहयोग पुग्ने बताए । यसका लागि मौद्रिक नीतिले पनि हेर्नुपर्नै उनको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको