Like us!
Follow us!
Connect us!
Watch us!

क्र्यास भएको सेयर बजारलाई रिभाइभ गर्न १२ करोडको सिमा पुनरावलोकन हुनुपर्छ : अर्थमन्त्री महत (भिडियो )

लोकेन्द्र ढकाल

सोमबार, १८ भदौ २०८०, २० : ५१ मा प्रकाशित

क्र्यास भएको सेयर बजारलाई रिभाइभ गर्न १२ करोडको सिमा पुनरावलोकन हुनुपर्छ  : अर्थमन्त्री महत (भिडियो )

अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर धितो कर्जामा लगाइएको अधिकतम १२ करोडको सिमालाई फुकुवा गर्नुपर्ने बताएका छन् । मन्त्री डा.महतले क्रास भएको सेयर बजार लाई रिभाइभ गर्नु पर्ने बेला आएको समेत बताएका हुन । 

पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले सेयर बजारमा खास आम लगानीकर्ता चाँहि नकमाउने र केहि सीमित चलखेल जानेका लगानीकर्ताले कमाउने ठाँउ भएको छ भन्दै सेयर बजार प्राकृतिक तरिकाले चल्नुपर्ने बताए । उनले भने, ‘रियल स्टेट र सेयर बढेको बढै गर्छ भन्ने अपेक्षा नगरौ, क्रास भएको सेयर बजारलाई अहिले रियालिस्टीक रुपमा रिभाइभ गर्दै न्याचुरल पोग्रेसनमा जान दिनु पर्छ, १२ करोडको सिमालाई रिलीज गर्नुपर्छ ।

त्यसैगरि अर्थमन्त्रीका प्रेस सल्लाहकार प्रकाश थापाले पोखरामा अर्थ संसारकर्मीसँग कुरा गर्दै १७ गते आइतवार अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारी विचको छलफलका क्रममा १२ करोडको सेयर धितो कर्जाका बारेमा पनि कुराकानी भएको बताएका छन् । १२ करोडको सेयर धितो कर्जा सिमालाई पुनरावलोकन गर्न अर्थमन्त्रीले गभर्नरलाई भन्नुभएको छ । गभर्नरले पनि यसलाई सकारात्मक रुपमा लिएको प्रेस सल्लाहकार थापाले बताए । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

64f5f5f157102.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको