Like us!
Follow us!
Connect us!
Watch us!

चित्रकला प्रदर्शनीको समुद्घाटन

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, ०८ : ४६ मा प्रकाशित

चित्रकला प्रदर्शनीको समुद्घाटन

नेपाल चेम्वर अफ कमर्स अन्तरर्गत गठित नेपाल महिला चेम्वरको सहकार्यमा भदौ १६ देखि १८ गतेसम्म सिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा आयोजना भएको नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चीत्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाबाट समुद्घाटन भएको छ ।

उक्त अवसरमा चित्रकलाले मानवीय संवेग तथा सामाजिक रुपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकोले यसको महत्व रहेको छ । महिला आयोगले महिला कलाकारको क्षमता बिकासका निमित्त बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउदै महिला कलाकार रिशिका जालानद्वारा प्रदर्शित उनंको चौथो संस्करणका चित्रकला प्रदर्शनीको सफलताको कामना गरिन् ।

उक्त अवसरमा नेपाल महिला चेम्वरका महासचिव लिमा अधिकारी तथा कला प्रेमीहरुको उपस्थित रहेको थियो ।

64f69a8a1ed17.jpg 64f69a8a791a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको