Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १० : ४२ मा प्रकाशित

कुमारी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम मौका

कुमारी बैंक लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै १९ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । बैंकले ७ लाख ५१ हजार ६ सय ९९ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मूल्य कति ?

उक्त सेयरकाे न्यूनतम मूल्य १ सय १ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

क-कसले दिने आवेदन ? 

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको