Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता ‘पर्ख र हेर’ कै अवस्थामा, खरिदकर्ता आकर्षित नहुँदा खुम्चियो कारोबार

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १५ : २३ मा प्रकाशित

लगानीकर्ता ‘पर्ख र हेर’ कै अवस्थामा, खरिदकर्ता आकर्षित नहुँदा खुम्चियो कारोबार

पछिल्लाे समय सेयर बजारकाे राैनकता हराइरहेकाे छ । बजार साइडवेजमा चलिरहँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ कै अवस्थामा छन् । यता खरिदकर्ता आकर्षित नहुँदा कारोबार रकम पनि दिनहुँ खुम्चिँदै गएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ विन्दुमा झरेकाे छ । नेप्से ०.३२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.४७ अंकले घटेर ३७७.२४ विन्दुमा झरेकाे छ । 

कूल २७७ वटा कम्पनीकाे २४ लाख ८० हजार ९ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ७९ करोड ६८ लाख ७० हजार ४ सय ८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सूचक घटेको छ । बाँकी २ वटा समूह भने बढेका छन् । उत्पादन तथा प्रषाेधन र व्यापार समूह मात्रै बढेका हुन् ।

त्यसैगरी, मंगलबार हिमायलन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड ५८ लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ६१ रूपैयाँ पुगेकाे छ ।

यस दिन आरविवि म्युचुअल फण्ड २ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेर ८ रूपैयाँ ५० पैसामा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको