Like us!
Follow us!
Connect us!
Watch us!

सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित

बुधबार, १५ कार्तिक २०७४, १५ : ३९ मा प्रकाशित

सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित

अर्थ संसार, विराटनगर– टुुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् । 

वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन् । 

विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको हो । मिनिग्रिडबाट उत्पादित विद्युुत् पोल तानेर पाँच किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ । मिनिग्रिड सञ्चालनमा आएपछि अहिले घर घरमा तथा सडकमा पोल राखेर सौर्यबत्ती जडान गरिएको छ । 

पर्यटकीय क्षेत्रको रुपमा चिनेने रमिते बजारमा सोलारबाट बिजुुली आएपछि स्थानीयवासी खुशी भएका छन् । विगत १५ वर्षदेखि सो ठाउँमा होटल सञ्चालन गर्दै आउनुुभएकी कर्णमाया राईले सौर्यबत्ती जडानपछि व्यापारव्यवसायमा वृद्धि भएको बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको