Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले एनआरएनलाई १० अर्बको आईपीओ बिक्री गर्दै

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १७ : ४६ मा प्रकाशित

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले एनआरएनलाई १० अर्बको आईपीओ बिक्री गर्दै

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले एनआरएनलाई १० अर्बको आईपीओ बिक्री गर्ने भएकाे छ । नेपाल सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौँ संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडलाई गैरआवासीय नेपालीहरुको लागि आईपीओ बिक्री गर्ने बाटो खुलेको हो । 

संशोधित नियमावलीमा नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानून बमोजिम स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैर आवासीय नेपालीको लागि मात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनाहरूमा सेयर, बन्ड र डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्था गरिएको छ । 

संशोधनले एनआरएनहरुलाई नेपालको पुँजीबजारमा लगानी गर्ने बाटो खुलेको र अब कम्पनीले १० अर्बको आईपीओ निष्कासन गर्ने कम्पनीका सीईओले नै जानकारी दिएका छन् । यस आईपीओमा एनआरएनहरुले मात्र लगानी गर्न पाउने छन् । 

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको