Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

बुधबार, १५ कार्तिक २०७४, १५ : ४५ मा प्रकाशित

हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र

अर्थ संसार, हुम्ला– दशैँ, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । 

हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताउनुभयो । 

“कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताउनुभयो । 

जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताउनुभयो ।

“बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उहाँले भन्नुभयो । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको