Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक विश्लेषण

विहीबार, १६ कार्तिक २०७४, ०८ : ५३ मा प्रकाशित

हेर्नुहोस, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक विश्लेषण

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, १६ कात्तिक २०७४)

प्रमुख गतिविधि
कम्पनीले कम्पनीले यही भदौ २७ गते नवौं वार्षिक साधारणसभा गरी लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर प्रदान गरेको छ । त्यस्तै, सोही साधारणसभाबाट ४० प्रतिशत हकप्रदको प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमासमा खुद मुनाफा १५ प्रतिशत वृद्धि गरी ९ करोड ६९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले ८ करोड ३९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

  • कम्पनीको जगेडा २६ ज्ञ वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ७२ लाख रहेको जगेडा यो त्रैमासमा ३२ करोड ४६ लाख पुगेको छ ।

  • बीमा कोषमा ४८ प्रतिशत वृद्धि भएर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

  • कम्पनीको कुल बीमा शुल्क आर्जन रकम २४ प्रतिशत वृद्धि भएर १ अर्ब ३३ करोड पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासभन्दा २५ प्रतिशत वृद्धि भएर १ अर्ब २६ करोड पुगेको छ ।

  • यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम ८९ प्रतिशत वृद्धि भएर १५ करोड १९ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ११ करोड २२ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ९७ प्रतिशत धेरै हो ।

  • कुल दाबी भुक्तानी सङ्ख्या ८ सय ९४ रहेको छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या २ सय ७ छ ।

  • कम्पनीको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १४ दशमलव ४८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ७२ दशमलव ४० गुणा र प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ६९ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ५ सय २५ दशमलव ८४ रुपैयाँ छ ।

निष्कर्ष :
६ महीनासम्म नोक्सानमा रहेको कम्पनी यस त्रैमासमा ९ करोड नाफामा गएको छ । यो ६ महीनाको अवधिमा कम्पनीले निकै राम्रो फड्को मारेको छ । बीमा समितिको २ अर्बको लक्ष्य पुर्‍याउने क्रममा भविष्यमा आउने बोनस र हकप्रदले गर्दा शेयर कारोबारीलाई केही फाइदा हुने देखिए तापनि ठूलो मात्रामा हकप्रद र बोनसले गर्दा कम्पनीलाई प्रतिशेयर आम्दानी र लाभांश सन्तुलनमा राख्न केही चुनौती थपिनेछ ।

प्राविधिक विश्लेषण : प्रवृत्तिहीन अवस्थामा सूर्या लाइफ इन्स्योरेन्स

प्रतिरोध २ : १२०० । प्रतिरोध १ : ११०० । हालको अन्तिम मूल्य : ९९५ । टेवा १ : ९३५ । टेवा २ : ९००

बजारको अवस्था
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ५ महीनायता प्रवृत्तिहीन अवस्थामा रहेको छ । यस कम्पनीको शेयरमूल्यमा उतारचढाव उच्च रहँदै आए पनि निश्चित दिशामा भने जान सकेको छैन । यस इन्स्योरेन्स कम्पनीका लागि ९ सय ३५ रुपैयाँदेखि १ हजार २ सय रुपैयाँको मूल्य सीमा टेवा र प्रतिरोधको काम गर्दै आएको छ । बुधवार यस कम्पनीको शेयरमूल्य ५ रुपैयाँ अर्थात् शून्य दशमलव ५० प्रतिशत घटेर ९ सय ९५ रुपैयाँमा बन्द भएको छ भने २ हजार ३ सय ८ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज
६ दिने मुभिङ एभरेजअनुसार सूर्या लाइफ इन्स्योरेन्स घट्दो प्रवृत्तिमा रहेको छ भने २१ दिने मुभिङ एभरेजमा मङ्गलवार टेवा पाएको छ ।

एडीएक्स
एडीएक्स सूचकको पोजिटिभ लाइन र नेगेटिभ लाइन एकै बिन्दुमा रहेको हुनाले यस सूचकले बजार प्रवृत्तिहीन अवस्थामा रहेको बुझाउँछ ।

एटीआर
एटीआर सूचक घट्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव घट्दै गएको सङ्केत गर्छ ।

स्टोकास्टिक
स्टोकास्टिक सूचकले यस इन्स्योरेन्सको शेयरमा केही दिनयता विक्रेताको चाप बढेको बुझाउँछ ।

निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य प्रवृत्तिहीन अवस्थामा रहेको बुझाएको हुनाले हालको अवस्थामा ‘पर्ख र हेर’को रणनीति अपनाउनुपर्ने सङ्केत गरेको छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको