Like us!
Follow us!
Connect us!
Watch us!

आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १४ : ४९ मा प्रकाशित

आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडिपी नेपाल प्रतिनिधिबीच भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । 

नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । 

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

 

64fed89a252b3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको