Like us!
Follow us!
Connect us!
Watch us!

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, ०७ : ३८ मा प्रकाशित

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

उत्पादनहरुको विस्तृत श्रृंखलासहित नेपालमा सजावटी रङहरुको एक प्रख्यात निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रा.लि. ले  दशैं र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ ।

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले रु. ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही रु १ लाख र अन्य दशजना महानुभावहरुले रु. १०,००० नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । यसबाहेक, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्विर सेयर गरेर जनही रु २५ हजारको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सिमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ । घरधनीहरूले यस योजनाको बारेमा विस्तृत जानकारीको लागि नजिकैको बर्जर डिलरहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ ।


नेपाली बजारमा उत्कृष्ट उत्पादनहरू पु¥याउने निरन्तर समर्पणको परिणाम स्वरुप यो चाडपर्वको माहोलसँगै कम्पनीले ‘वेदरकोट अल गार्ड फ्लेक्सो’, नयाँ बाहिरी इमल्सन पेन्ट बजारमा ल्याएको छ । यो इलास्टोमेरिक गुणहरू सहितको उच्च चमक भएको लक्जरी बाहिरी इमल्शन हो जसले बाहिरी भित्ताहरूमा रौँ जस्ता मसिना दरारहरू छोप्न मद्दत  गर्दछ । सिलिकन एडीटिभ्ससँग बनाइएको रङले सबैखाले मौसम र परिस्थितिहरूमा भित्ताहरूलाई अतिरिक्त सुरक्षा दिन्छ, यो ८ वर्षको वारेन्टीसँगै उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको