अर्थ संसार, काठमाडौं – नेकपा(एमाले) का अध्यक्ष प्रधानमन्त्री भएको बेला महासगारमा पानी जहाज चलाउने विषयलाई धेरैले मजाक भन्दै उडाएका थिए । तर अब त्यो मजाक वास्तविकतामा परिणत हुने भएको छ ।
एमाले र नेकपा(माओवादी केन्द)को वामपन्थी गठबन्धनले महासागरमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने कार्यक्रमलाई आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्रको ‘अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग’ शीर्षक दिइएको उक्त बुँदामा नेपाली झण्डा अंकित पानी जहाज चलाउने विषयलाई समावेश गरिएको वापन्थी गठबन्धनले जनाएको छ ।
घोषणापत्रको उक्त बुँदामा भनिएको छ ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गरिने छ ’
विशेषगरी प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने लक्ष्यका साथ उक्त विषयलाई समावेश गरिएको गठबन्धनले जनाएको छ ।
यस्तै वाम गठबन्धनको उक्त घोषणापत्रमा देशका अन्य नदीमा समेत जलमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने छ । उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गर्ने विषयलाई समावेश गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस