Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगको उपकरण बिग्रँदा हेटौँडा सिमेन्ट उत्पादन बन्द

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १२ : ५६ मा प्रकाशित

उद्योगको उपकरण  बिग्रँदा हेटौँडा सिमेन्ट उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द हेटौँडा सिमेन्ट उद्योगको कोल मिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । 

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोल मिलको उपकरण बिग्रिँदा  सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको  उत्पादन अवरुद्ध भएको छ।आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका महापबन्धक नवीनकुमार कर्णले बताए ।

कर्णका अनुसार उद्योगमा अहिले पर्याप्त कोइला र चुनढुङ्गा जगेडामा राखिएको जानकारी दिए ।अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ ।

 उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाकाले जानकारी दिएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको