Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०४ : १० मा प्रकाशित

राष्ट्र बैंक बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

हिन्दु नेपालीहरूको मुख्य चाड बडा दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीलाई प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढवा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैङ्कले नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नरेश शाक्य एवं माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरी आजैको दिनदेखि सुरुवात गरेको हो । उक्त सेवाबाट नेपाल राष्ट्र बैङ्कमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरूले क्युआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् ।

जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यसबाहेक फरक–फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैङ्क सधैँ तत्पर रहेको छ ।

बैङ्कले नगदरहित बैङ्किङलाई बढवा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैङ्क’ को रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको