Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसीसीआईको बैठकले नेपाल-इटाली सम्बन्धलाई प्रगाढ बनायो : अध्यक्ष अग्रवाल

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०५ : ३० मा प्रकाशित

एनआईसीसीआईको बैठकले नेपाल-इटाली सम्बन्धलाई प्रगाढ बनायो : अध्यक्ष अग्रवाल

नेपाल इटाली चेम्बर अफ कमर्स एनआईसीसीआईका  अध्यक्ष सञ्जय अग्रवालले एनआईसीसीआईको  बैठकले नेपाल–इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनाएको बताएका छन् ।

अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७–२३ सम्म ऐतिहासिक भ्रमणसँग भएको बैठकले व्यापार सम्बन्ध बलियो बनाएको बताइएको हो ।

उक्त भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न  र व्यापारका अवसरहरूको सम्भाव्यता अध्ययन गर्न साथै नेपाल र इटालीबिच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो ।

नेपालले रोम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीसँग गरेको भेट पहिलो पटक हो, दुवै इटालियन संस्था व्यावसायिक सहयोगका लागि प्रख्यात छन् । 

बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोकामेरेस्टेरोको  सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको  स्थापना, मान्यता, भविष्य र युरोपेली सङ्घको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठुलो महत्त्व राखेको एनआईसीसीआईको  जनाएको छ ।

अध्यक्ष अग्रवालका अनुसार यी भेटहरूमा रोमस्थित नेपालका लागि महावाणिज्य दूत पाउलो नुगारीसँग  छलफल भएको थियो । सन् १९७० देखि नेपालको व्यापक अनुभवसँगै, नुगारीले  नेपालको भविष्यको लागि आफू आशावादी रहेको बताए । साथै उनले इटाली सरकारले एनआईसीसीलाई  मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरेको उनले जानकारी दिए । 

उनका अनुसार यी ऐतिहासिक भेटवार्तासँगै, नेपाल र इटालीबिचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका  लागि इटालियन बिजनेस ल्यान्डस्केपको  ढोका खुला भएको छ । एनआईसीसीआई  दुई राष्ट्र बिचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार छ ।

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री ९एनआईसीसी०  नेपाल र इटालीबिचको व्यापार र वाणिज्य प्रवर्द्धनमा समर्पित संस्था हो । एनआईसीसीआई  पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवर्द्धन गर्न र दुई राष्ट्र बिचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको