Like us!
Follow us!
Connect us!
Watch us!

‘सिटिजन हिरोज कनक्लेभ’को तेस्रो संस्करण सम्पन्न

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०५ : ४३ मा प्रकाशित

‘सिटिजन हिरोज कनक्लेभ’को तेस्रो संस्करण सम्पन्न

धुलिखेलस्थित आगन्तुक रिपोर्टमा सिटिजन  लाइफ इन्स्योरेन्स  कम्पनीको तीन दिने ‘सिटिजन  हिरोज  कनक्लेभ  कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएको छ । 

उक्त कार्यक्रम ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ नाराका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले हरेक आर्थिक वर्ष आफ्ना सिनियर  एजेन्सी मेनेजरसहित केही उत्कृष्ट कार्य गर्ने एजेन्सी मेनेजरहरूलाई सो कार्यक्रमको लागि छनौट गर्ने र उनीहरूलाई थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट उत्कृष्ट बनाउन यस कार्यक्रमको आयोजना गर्ने गरेको छ । 

यस्तो किसिमको कार्यक्रमले लिडर्सहरूलाई  उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । 

लिडर्सहरूलाई  नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीको यस ‘सिटिजन  हिरोज  कनक्लेभ ’ कार्यक्रममा ६० जना लिडर्सहरूको  सहभागिता रहेको थियो भने, कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम साथै प्रमुख व्यवसाय अधिकृत र प्रदेश प्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले उपस्थित सम्पूर्ण लिडर्सहरूलाई  प्रशिक्षण प्रदान गरेका थिए । 

प्रचलित कानुन, नीति, नियम एवम् नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रहेको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको