Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना सार्वजनिक

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १२ : २६ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बिमा योजना हो । जसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थिक क्षतिबाट बिमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ ।

सबैद्वारा समान बिमा शुल्कमा खरिद गर्न सकिने यस जीवन बिमा योजना, अन्तर्राष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बिमा योजनाहरूमा उमेरको आधारमा बिमा शुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बिमा शुल्क फरक नहुने कम्पनीले जनाएको छ ।

यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरूमध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ ।

यस योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस योजनमा बिमा शुल्क भुक्तानी गरेबापत यस योजनाको सर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो, सो घटना घटेमा बिमांक रकम वा अकाउन्ट भ्यालु बिमितलाई भुक्तानी गरिन्छ । बिमांक रकम भन्नाले बिमालेख अन्तर्गत बिमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बिमालेखको अनुसूचीमा उल्लेखित बिमाको रकमलाई बुझिन्छ ।

अकाउन्ट भ्यालु भन्नाले बिमा शुल्कबाट बिमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरू र बिमा शुल्कसँग सम्बन्धित खर्चहरू (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने सञ्चित रकम भनेर बुझिन्छ ।

यस बिमा योजनामा न्यूनतम वार्षिक बिमा शुल्क १२ हजार रुपैयाँ रहेको छ । न्यूनतम बिमा अवधि १० वर्ष हुनेछ । बिमितले बिमा शुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिकरूपमा बुझाउन पाउने वयवस्था रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले थप सुविधाहरू 'दुर्घटनाबाट मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता  लाभ, स्थायी आंशिक अशक्तता लाभ' पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरूमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाइन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको