नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई(एप्लीकेसन डेक्लीरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत प्राप्त हुन्छ । केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ ।
प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल (एजेन्ट पोर्टल) मार्फत पेश गरे पश्चात् ई एप्लीकेसन डेक्लीरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनुपर्नेछ ।
यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस