Like us!
Follow us!
Connect us!
Watch us!

कमिसन घटाउँदा ब्रोकर टिक्न सक्दैनन् : कृष्ण गिरी

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, ०७ : ४५ मा प्रकाशित

कमिसन घटाउँदा ब्रोकर टिक्न सक्दैनन् : कृष्ण गिरी

धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले कमिसन घटाउँदा ब्रोकर टिक्न नसक्ने बताएका छन्। 

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक मन्दिमा पुँजीबजारः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  अहिलेको कमिसनमा दैनिक औसत ५-६ अर्बको कारोबार हुँदा मात्रै ब्रोकरहरु ८-१० प्रतिशतको रिटर्नमा जाने भन्दै तत्काल कमिशनको विषयमा नयाँ व्यवस्था गर्न नहुने बताएका थिए ।

उनले इन्डेक्ट फण्ड सर्ट सेल जस्ता औजार बजारमा चाहिने बताए । सर्ट सेल नभएपनि इन्ट्रा डे ट्रेडिङ जस्ता औजार ल्याउनुपर्ने गिरीको भनाई छ । यस्तै ब्रोकरको लगानी होल्ड हुने अवस्था हुने भन्दै थप सुविधा दिएर ब्रोकरको पूँजी परिचालन गर्नुपर्ने उनले बताए । 

ब्रोकर संचालक रहेका गिरीले नेप्सेमा नै सुचिकृत कम्पनीको लकीङ डाटा उपलब्ध हुनुपर्ने पनि बताए । उनले मनिटरी मार्केटको ट्रेजरी बिल लगायतका औजारहरु पनि धितोपत्र बजारमा नभएको भन्दै थप उपकरण बिस्तारमा जोड दिए । केही ऋणपत्रहरु भएपनि यसमा पनि आकर्षण नदेखिएको उनको भनाई थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको