Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिकोत्सवमा वाकाथोन प्रतियोगिता

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १२ : २९ मा प्रकाशित

निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिकोत्सवमा वाकाथोन प्रतियोगिता

निक्षेप तथा कर्जा सुरक्षण कोष आगामी असोज ४ गते आफ्नो स्थापनाको ४९ वर्ष पूरा गरी ५० औँ वर्षमा प्रवेश गर्दछ । यसै सन्दर्भमा कोषले भदौ ३० गते शनिवारका दिन बैङ्किङ अनुशासन सचेतनाका लागि काठमाडौँमा  Walkathon र 5k Fun Run कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

कोषले आयोजना गरेको उक्त कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा.राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैङ्क डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स  एशोसिएसनका अध्यक्ष सुनिल के.सी मुख्य अतिथिको रूपमा उपस्थित थिए । विभिन्न बैङ्क वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो ।

उपस्थित सबैले बैंकिङ्ग  सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका - लिएपछि बैङ्कबाट ऋण – तिर्नै पर्छ कुनै न कुनै दिन,  कर्जाको किस्ता ब्याज समयै तिरौँ – जिम्मेवार नागरिकको परिचय दिऊ । यति कुरा बुझौँ है साथी – बैङ्कको ऋण हुँदैन माफी लगायतका वित्तीय सचेतनामूलक विभिन्न नारा अङ्कित टी–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट सुरु गरिएको Walkathon तथा 5k Fun Run को  मार्ग कमलपोखरी, ज्ञानेश्वर , नक्साल भगवती, टंगाल , गैह्री धारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो । सहभागीहरूलाई हौसला प्रदान गरी कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन राजश्व सचिव घिमिरे, डेपुटी गभर्नर  मिश्र तथा कोषका सञ्चालकहरू हुम  बहादुर केसी, तुलसी प्रसाद घिमिरे र प्रकाशजंग  थापा समेत अन्य सहभागीहरूसँगै Walkathon मा पूरै अवधि सहभागी थिए ।  

दौड प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्री काश राई तृतीय भएका थिए । प्रथम स्थान हासिल गर्ने पालले १७ : ५० मिनेटमा, द्वितीय स्थान हासिल गर्ने श्रेष्ठले १८ः१३ मिनेटमा र तृतीय स्थान हासिल गर्ने राईले १८ः३५ मिनेटमा तोकिएको दुरी पार गरेका थिए । त्यसै गरी महिला तर्फ २१:५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१ः५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३ः०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरू दुवैलाई जनही  १५ हजार, दोस्रो हुने पुरुष र महिला धावक दुवैलाई जनही १० हजार र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।  सो अवसरमा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष  घिमिरे, डेपुटी गभर्नर  मिश्र, कोष सञ्चालक समितिका सदस्यहरू हुम बहादुर केसी तथा प्रकाशजंग थापाले संयुक्त रूपमा कोषको नयाँ नारा ऋण र धन दुवैको सुरक्षण सार्वजनिक गर्नु भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको