Like us!
Follow us!
Connect us!
Watch us!

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने,डेलिभरी शुल्कमा हेरफेर

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १६ : ३९ मा प्रकाशित

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने,डेलिभरी शुल्कमा हेरफेर

 फूडमान्डुले ५०० रुपैयाँको न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ ।

अब ग्राहकहरुले ५०० रुपैयाँ भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० रुपैयाँको न्युनतम शुल्क लाग्नेछ । ग्राहकहरुको सुझावलाई मध्यनजर गर्दै फूडमान्डुले सो नीती परिर्वन गरेको हो ।

अब ग्राहकहरूले जतिसुकै रकमको अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नितीमा पनि परिवर्तन गरेको छ । जसले गर्दा छोटो दुरीबाट अर्डर गर्ने ग्राहकहरुलाई फाइदा पुग्नेछ । हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीको लागि पनि ५० रुपैयाँको न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो ।

परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दुरीका लागि २५ रुपैयाँ र सोभन्दा माथिको दुरीका लागि थप २५ रुपैयाँ प्रति किलोमिटर तिर्नुपर्ने हुन्छ । यद्यपि, १ हजार रुपैयाँ भन्दा बढीको अर्डरको लागि भने जतिसुकै लामो दुरीमा पनि बढिमा ७५ रुपैयाँ डेलिभरी शुल्क तोकिएको छ ।

नयाँ नीतीबारे बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाको लागी हटाएका छौँ । साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकवर्गलाई फाईदा हुनेगरि केहि हेरफेर गरेका छौँ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको