Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड भोली हुदै, कति जनाले पाउलान सेयर ?

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १२ : ३६ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड भोली हुदै, कति जनाले पाउलान सेयर ?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ भोली भदौ २ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड भोली मंगलबार बिहान ९ बजे हुने जानकारी दिएको हो ।

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

जसमा १ लाख २१ हजार २८७ जनाले २०र२० कित्ता सेयर हात पार्नेछन् । सोहि मध्यका पाँच जनाले २१ कित्ता हात पार्नेछन् भने १२ लाख ३ हजार २३ जनाको हात खाली हुने देखिएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो।

जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको