Like us!
Follow us!
Connect us!
Watch us!

नाफासँगै बढ्यो हाथवे इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी,कस्तो छ समग्र वित्तीय अवस्था ?

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १० : ३५ मा प्रकाशित

नाफासँगै बढ्यो हाथवे इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी,कस्तो छ समग्र वित्तीय अवस्था ?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । 

१२१ प्रतिशतले बढ्यो खुद नाफा

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२१.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी, कुल आम्दानी र खर्चमा सुधार

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२२.८९ प्रतिशत बढेको छ भने कुल आम्दानी १२२.६५ प्रतिशत बढेको छ । कम्पनीको खर्च भने समीक्षा अवधिमा ५६.७९ प्रतिशत घटेको छ ।

प्रतिसेयर आम्दानी बढ्यो

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७३ पैसा बढेर ५ रुपैयाँ ४४ पैसा पुगेको छ । 

प्रतिसेयर नेटवर्थ / मूल्य आम्दानी अनुपात
असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८२ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७२.६५ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको