Like us!
Follow us!
Connect us!
Watch us!

भदौ महिनामा बैंकको व्यवसाय: निक्षेप सवा खर्ब थप हुँदा कर्जा ४४ अर्बमात्र

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १३ : ४८ मा प्रकाशित

भदौ महिनामा बैंकको व्यवसाय: निक्षेप सवा खर्ब थप हुँदा कर्जा ४४ अर्बमात्र

भदौ मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन्। एक महिनामा ४४ अर्ब १९ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका हुन्। 

एक महिनामा वाणिज्य बैङ्कहरूले १ खर्ब ९ अर्ब ८४ करोड, विकास बैङ्कहरूले ५ अर्ब २ करोड र वित्त कम्पनीहरूले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप थप गरेका हुन्। भदौ मसान्तसम्म वाणिज्य बैङ्कहरूसँग ५० खर्ब ४७ अर्ब २५ करोड, विकास बैङ्कमा ५ खर्ब ६६ अर्ब २५ करोड र वित्त कम्पनीहरूमा १ खर्ब ११ अर्ब ६० करोड गरी कूल ५७ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप मौज्दात छ। 

भदौमै वाणिज्य बैङ्कहरूले ४३ अर्ब २५ करोड र विकास बैङ्कहरूले १ अर्ब ४२ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्दा वित्त कम्पनीहरूको भने ४८ करोड रुपैयाँले घटेको छ। गत साउनसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ९ अर्ब ३४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब ९८ अर्ब ७३ करोड, विकास बैङ्कहरूले ४ खर्ब ६८ अर्ब ८९ करोड र वित्त कम्पनीहरूले ९१ अर्ब ७३ करोड गरी कुल ४८ खर्ब ५९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

भदौ मसान्तसम्म वाणिज्य बैङ्कहरूले कुल ४३ खर्ब ४१ अर्ब ९८ करोड, विकास बैङ्कहरूले ४ खर्ब ७० अर्ब ३१ करोड र वित्त कम्पनीहरूले ९१ अर्ब २५ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

650956bb20f4b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको