Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा प्रवाहमा सुधार :१ खर्ब ११ अर्ब निक्षेप संकलन हुँदा कति पुग्यो कर्जा लगानी ?

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १३ : ०२ मा प्रकाशित

कर्जा प्रवाहमा सुधार :१ खर्ब ११ अर्ब निक्षेप संकलन हुँदा कति पुग्यो कर्जा लगानी ?

चालु आर्थिक वर्षमा कर्जा प्रवाहले गति लिन थालेको छ । गत असार मसान्तसम्ममा कुल ५१ खर्ब ७० अर्ब कर्जा प्रवाह भएकोमा असोज २० गतेसम्ममा बढेर ५२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

 राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २० गतेसम्म अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.१५ प्रतिशत कायम भएको देखाएको छ ।

केही वर्षयता नेपाली अर्थतन्त्रमा शिथिलता देखा पर्दै जाँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै गएको भएपनि  राष्ट्र बैंकले चालु आ.व.का लागी ल्याएको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमा रहेको दबाब हटाएसँगै बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न थालेको हो । 

कर्जा लगानीसँगै निक्षेप संकलन समेत निरन्तररुपमा बढिरहेको छ । विप्रेषण आप्रवाह बढिरहेको र सरकारले आन्तरिक ऋणको भुक्तानी समेत नियमितरुपमा गरिरहेकाले पनि प्रणालीमा निक्षेप बढेको हो ।

गत असार मसान्तयता बैंकिङ प्रणालीमा करिब १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।  

 



 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको