Like us!
Follow us!
Connect us!
Watch us!

हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

शुक्रबार, १७ कार्तिक २०७४, २१ : १० मा प्रकाशित

हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

अर्थ संसार, काठमाडौँ– प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौँ बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ ।

उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु चार लाख ३० हजार बरामद भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको