Like us!
Follow us!
Connect us!
Watch us!

अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह

अर्थ संसार

सोमबार, २९ असार २०८३, ०९ : ४६ मा प्रकाशित

अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह

नेपाल लाइफ इन्स्योरेन्सले लिन बाँकी अवधि भुक्तानी रकम र आंशिक अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै लिन बाँकी आंशिक तथा अवधि अवधि भुक्तानी रकम लिन आउन बीमित र हकवालाई बुझिलिन आउन आग्रह गरेको हो।

‘यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिमको रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम लिन आएका छैनन्’, सूचनामा भनिएको छ, ‘त्यस्ता बीमित वा हकवालाले आफ्नो बीमालेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न यथाशीघ्र यस कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गर्दछौँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको