Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे खोलाको आइपिओ डिम्याट खातामा, कतिमा खुल्ला कारोबार ?

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०८ : ०८ मा प्रकाशित

अप्पर लोहोरे खोलाको आइपिओ डिम्याट खातामा, कतिमा खुल्ला कारोबार ?

प्राथमिक निष्कासन बाँडफाँड भएको एक महिनाभन्दा लामो समय पछि अप्पर लोहोरे खोलाको आइपिओ लगानीकर्ताको खातामा आइपुगेको छ ।

साउनको १८ गतेदेखि २२ गतेसम्म आइपिओ खुलाएको कम्पनीले साउन २९ गते आइपिओ बाँडफाँड गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर जारी गरेको थियो । यसमध्ये स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र म्युचुअल फन्डलाई छुट्ट्याएर बाकिँ रहेको १९ लाख ५३ हजार २७९ कित्ता सेयर गोलाप्रथामार्फत सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

कम्पनीले दैलेखको नौमुलेमा ४ मेगावाटको माथिल्लो लोहोरे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रति मेगावाट साढे २३ करोड भन्दा बढी अनुमानित लागत रहेको उक्त हाइड्रो महङ्गो लागत परेको हाइड्रोमा पर्छ । प्रति सेयर नेटवर्थ ९७.८७ रहेको यस हाइड्रोको नेटवर्थको तीन गुणा अर्थात २९३ रुपैयाँसम्मको मूल्यमा पहिलो कारोबार खुल्नसक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको