Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे खोलाको आइपिओ नेप्सेमा सुचीकृत

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, १२ : ३४ मा प्रकाशित

अप्पर लोहोरे खोलाको आइपिओ नेप्सेमा सुचीकृत

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर सूचीकृत भएको हो । सुचीकृत भएसँगै अब सोमबारदेखि उक्त कम्पनीको सेयर कारोबार हुनेछ । नेप्सेले पहिलो कारोबारका लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको रेञ्ज दिएको छ ।

प्राथमिक निष्कासन बाँडफाँड भएको एक महिनाभन्दा लामो समय पछि अप्पर लोहोरे खोलाको आइपिओ कारोबारका लागि सुचीकृत भएको हो । साउनको १८ गतेदेखि २२ गतेसम्म आइपिओ खुलाएको कम्पनीले साउन २९ गते आइपिओ बाँडफाँड गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको