Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सेयरबजारमा ४४ अङ्कको उछाल, १० कम्पनीमा सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १५ : २६ मा प्रकाशित

बिहीबार सेयरबजारमा ४४ अङ्कको उछाल, १० कम्पनीमा सकारात्मक सर्किट

साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयरबजारमा उछाल आएको छ । बिहीबार समग्र नेप्से परिसूचक ४४.३४ अङ्कले वृद्धि हुँदा नौ हाइड्रोपावर कम्पनी तथा एक लघुवित्त कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

१२ करोडको क्याप हट्ने सम्भावित खबरहरु प्रकाशित भएसँगै बिहीबार नेप्से परिसूचक ४४.३४ अङ्कले बढेर २०२९.७८ विन्दुमा बन्द भएको हो । आज कुल ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेतर्फ स्वाभिमान लघुवित्त, नेसनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र खानीखोला हाइड्रोपावर रहे । त्यसैगरी न्यादी हाइड्रोपावर, आखुँखोला हाइड्रोपावर र अरुण काबेली हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बाराही हाइड्रोपावर, मैलुङ खोला हाइड्रोपावर, अप्पर सोलु हाइड्रो र गुडविल फाइनान्सको सेयर पनि ९ प्रतिशत भन्दा बढीले बढ्यो । बिहीबार सर्वाधिक गुमाउनेतर्फ अभियान लघुवित्त रह्यो । उक्त सेयरको मूल्यमा चार प्रतिशतको हाराहारीमा गिरावट आयो ।

बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ५.३१ प्रतिशतले बढ्दा फाइनान्स सबइन्डेक्स ४.३८ प्रतिशत र विकास बैंक सबइन्डेक्स ३.७७ प्रतिशतले वृद्धि भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको