Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयरका लागि खानी खोला हाइड्रोपावरले सिटिजन्स क्यापिटलसँग सम्झौता

अर्थ संसार

शुक्रबार, ०५ असोज २०८०, १८ : ३९ मा प्रकाशित

हकप्रद सेयरका लागि खानी खोला हाइड्रोपावरले सिटिजन्स क्यापिटलसँग सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेड बिच हकप्रद सेयर निष्काशन सम्बन्धि एक सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर  कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए। 

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ । 

खानी खोला हाइड्रो पावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको