खानीखोला हाइड्रोपावर लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्ता पूँजी बराबरको १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
यसअघि कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसअघिसम्म (असार २६ गतेसम्म) नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र यस हकप्रदमा आवेदन दिन योग्य छन्।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रद निष्काशनका लागि स्वीकृति प्राप्त गरेको थियो।
हकप्रद आवेदन दिने अन्तिम मिति भदौ २३ गतेसम्म तोकिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। आवेदन सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका विभिन्न शाखा, कुमारी बैंक बाग्मती शाखा, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस