Like us!
Follow us!
Connect us!
Watch us!

कसले गर्यो गौचनको हत्या, अझै पक्राउ नपरेकोमा महासंघ आक्रोशित

शनिबार, १८ कार्तिक २०७४, ०९ : ५३ मा प्रकाशित

कसले गर्यो गौचनको हत्या,  अझै पक्राउ नपरेकोमा महासंघ आक्रोशित

अर्थ संसार, काठमाडौं– मंसिर ३० सम्मका लागि बोलपत्र बहिष्कारको निर्णय फिर्ता
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको राजधानीमै दिन दहाडै गोलीहानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्नहरु पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ ।

महासंघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघको निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद हत्यारा पत्ता लगाई सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाई प्रति खेद समेत व्यक्त गरेको छ ।

गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउने क्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग पनि गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले व्यवसायीहरुले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए । गौचनको हत्यारा पत्ता नलागे महासंघले आन्दोलनको सशक्त कार्यक्रम सार्वजनिक गरिनेछ, अध्यक्ष श्रेष्ठले भने ।

यस्तै, महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले महासंघको माग बमोजिम गौचनलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गरेकोमा सरकारप्रति आभार व्यक्त गरे ।

आन्दोलनकै क्रममा देशभरका निर्माण कार्यमा कुनैपनि व्यवसायी सहभागी नभई बोलपत्र बहिष्कार गरिरहेको अवस्थामा सिंगो मुलुक निर्वाचनमा होमिएको सन्दर्भमा आगामी मंसिर ३० सम्मका लागि भने यो निर्णय फिर्ता लिइएको हिराचनले स्पष्ट पारे । उक्त समय सम्म भित्र पनि गौचनको हत्यारा पत्ता नलागेमा मुलुक नै ठप्प हुने गरी कडा भन्दा कडा आन्दोलनमा जान महासंघ बाध्य हुने उनले जानकारी दिए ।

गौचनको हत्यारा पत्ता लगाई कार्वाहीको दायरामा ल्याउन दबाब दिने उद्देश्यले महासंघले पुनः प्रधानमन्त्री, बिपक्षी दलका नेताहरु लगायतसँग नियमति भेटघाट गरी ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको बताए ।

उक्त अवसरमा महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले गौचनको हत्यारालाई राजनीतिक संरक्षण दिइएको आशंका उब्जिएको सन्दर्भमा सरकारले सबै तथ्यतथ्य यथाशक्य छिटो सार्वजनिक गर्नुपर्ने माग गरे । साथै महासंघका प्रवक्ता विष्णु बुढाथोकीले महासंघको संयमतालाई कमजोरी नठान्न सरकारलाई सचेत गर्दै गौचनका हत्यारा अझै फरार भएबाट सिंगो नीजि क्षेत्र आतंकित भएको बताए । कारोबार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको