विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विज्ञापन गर्दा विदेशी कलाकार तथा व्यक्ति प्रयोग नगर्न निर्देशन दिएको छ ।
बोर्डले एक सूचना जारी गर्दै विज्ञापन नियमावली(पहिलो संशोधन), २०८० नियम ९क. को उपनियम (३) बमोजिम होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नुपर्ने जनाएको हो ।
यस्ता विज्ञापनमा विदेशी कलाकार तथा व्यक्तिको फोटो प्रयोग गरिएको भए त्यस्ता फोटो हटाई स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न बोर्डले विज्ञापन एजेन्सी, विज्ञापनदाता र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस