Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा भारतीय रुपैयाँ सम्बन्धि यस्ता छन् व्यवस्था

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १२ : ०८ मा प्रकाशित

नेपालमा भारतीय रुपैयाँ सम्बन्धि यस्ता छन् व्यवस्था

नेपालमा नागरिकले प्रतिबन्धित भारतीय रुपैयाँ राख्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले त्यस सम्बन्धि विभिन्न व्यवस्थाहरुबारे स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका अनुसार भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा ५ हजार भारु बराबरको नगद मात्र ल्याउन वा लैजान सकिन्छ । यो भन्दा बढी रकम लान/ल्याउन परेमा उक्त रकम भन्सारमा घोषणा गर्नुपर्नेछ । यसरी साथै ल्याइएको ५ हजार पनि एक सय वा सो भन्दा कम दरका नोट मात्रै हुनुपर्नेछ ।

यसैगरी बैंकले भारु १०० भन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न, कारोबार गर्न प्रतिबन्ध लगाइएको पनि स्पष्ट पारेको छ । भारत भ्रमणका लागि २५ हजार भारुसम्म र औषधोपचारका लागि ५० हजार भारुसम्म सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

यसैगरी मनिचेञ्जरहरुसँग पनि भारु २५ हजारसम्मको सटही सुविधा लिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ड्राफ्ट, टिटी कार्डमार्फत अस्पतालको भुक्तानी आदि करोबारमा भने यो सीमा लागू हुनेछैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको