Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रबैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १४ : ३० मा प्रकाशित

राष्ट्रबैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

नेपाल राष्ट्रबैंकले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको छ ।

भुक्तानी सेवा प्रदायक कार्य गर्ने अनुमतिपत्र पाएको उक्त कम्पनीले भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको हुनाले भुक्तानी तथा फर्स्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्था बमोजिम अनुमतिपत्र खारेज गरेको राष्ट्रबैंकले जनाएको छ । उक्त संस्थाले जारी गरेको भुक्तानी उपकरणको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाकिँ रहे सम्बन्धित संस्थालाई सम्पर्क गर्न पनि बैंकले सुचना जारी गरेको छ ।

उक्त कम्पनीले मोहर कार्ड नामक कार्डमार्फत सार्वजनिक सवारीमा क्यासलेस भाडा तिर्ने व्यवस्था गरेको थियो । विद्यार्थी र ज्येष्ठ नागरिकका लागि पनि कम्पनीले डिस्काउन्ट सहितको छुट्टै कार्डको व्यवस्था गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको