सोमबार झिनो अङ्कले ओरालो लागेको सेयरबजार मङ्गलबार भने दोहोरो अङ्कले बढेको छ ।
आइतबार र सोमबार लगातार दुई कारोबार दिन घटेको सेयरबजार आज भने १८.४५ अङ्कले बढ्दै २०२२.९१ अङ्कमा बन्द भएको छ । अघिल्लो दिन कुल १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक कमाउनेतर्फ मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ हाइड्रो, शुभम् पावर हाइड्रो, मोलुङ हाइड्रो र स्वाभिमान लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ थ्रीस्टार हाइड्रो र हिमालयन लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरको मूल्यमा ५ प्रतिशतभन्दा बढीले घट्यो ।
बिहीबार हाइड्रो उपसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढ्दा फाइनान्स १.४४ प्रतिशत र लाइफ इन्स्योरेन्स सबइन्डेक्स १.२५ प्रतिशतले बढे । आज होटेल सबइन्डेक्स भने ०.१८ प्रतिशतले ओरालो लाग्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस