एट्टिक रेस्टुरेन्ट र गुरु ट्राभल्स लिमिटेड बीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको सम्झैता पत्रमा एट्टिकका तर्फबाट बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्ट तथा गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका थिए ।
सम्झैता पत्रअनुसार एट्टिक रेस्टुरेन्टले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने र गुरु ट्राभल्स लिमिटेडले एट्टिक रेस्टुरेन्ट र ग्राहकहरुलाई सुलभ दरमा विशिष्टीकृत सेवा उपलब्ध गराउने छ ।
साथै दुई संस्थाबीच सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट अघि बढ्ने सहमति पनि भएको छ । सम्झैता पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका कर्मचारीहरु सहभागी थिए।
सम्झैता पत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेस्टुरेन्टका बिजिनेस डेभलपमेण्ट प्रमुख रश्मिता बिष्टले नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्ससँग सहकार्य गर्न पाउँदा खुशी लागेको तथा आगामी दिनमा थप कार्यक्रमहरुमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त विचार ब्यक्त गरिन । त्यस्तै, विष्टले गुरु ट्राभल्स लिमिटेडका साथमा व्यावसायिक ज्ञान तथा अनुभवको आदानप्रदानबाट पर्यटनजस्तो अथाह सम्भावना बोकेको क्षेत्रमा सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने अपेक्षा राखिन।
एट्टिक रेस्टुरेन्ट २००९ मा स्थापना गरेको संस्था हो । उत्तर ढोकाबाट चार वर्ष सफल व्यवसाय सञ्चालन गरेपछि एट्टिक रेस्टुरेन्ट टंगालनमा सरेर सञ्चालन भएको थियो । त्यहाँ एक दशकको सफल व्यवसाय सञ्चालनपश्चात हामी अझै परिष्कृत रुपमा ज्ञानेश्वरमा सरेका छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस