Like us!
Follow us!
Connect us!
Watch us!

सेल्सबेरीमा सांग्रिला डेभलपमेन्ट बैंक बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई २५% सम्म छुट

अर्थ संसार

बुधबार, १० असोज २०८०, ०९ : ४१ मा प्रकाशित

सेल्सबेरीमा सांग्रिला डेभलपमेन्ट बैंक बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई २५% सम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आफ्ना ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेल्सबेरीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेल्सबेरीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेल्सबेरीले बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिदमा २ देखि २५ प्रतिशतसम्म छुट दिनेछ ।

सम्झौतासँगै बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको